Attariya Hospital Pvt.Ltd.

कैलालीमा लागुऔषध(खैरो हेरोईन) सहित ३ जना पक्राउ

padma
milan sunchadi

अत्तरिया – कैलालीमा लागुऔषध(खैरो हेरोईन) सहित तीन जना पक्राउ परेका छन्। साउन ६ गते ३ बजे भजनी नगरपालिका ३ बस्ने २३ वर्षीय बुटा सिंहको घरमा खैरो हिरोईनको कारोबार भैरहेको सूचनापछि प्रहरीले तीन जनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार

पक्राउ पर्नेमा बुटासहित टीकापुर १ बस्ने वर्ष ३१ का जिवन शाह र टीकापुर ६ नारायणपुर बस्ने वर्ष २१ का अमित रावल पक्राउ परेका हुन्। उनीहरुलाई ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले ५ ग्राम ४७० मिलिग्राम लागुऔषध खैरो हेरोईन बरामद गरी पक्राउ गरेको हो।अहिले उनीहरु तिनै जनालाई नियन्त्रणमा लिई थुनामा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.