Attariya Hospital Pvt.Ltd.

श्रीमतीको हत्या गरेर भाग्ने क्रममा श्रीमानको पनि मृत्यु

padma
milan sunchadi

चितवन – भरतपुरमा श्रीमतीको हत्या गरी भाग्ने क्रममा श्रीमानको पनि मृत्यु भएको छ।

जिल्लाको भरतपुर महानगरपालिका १० रमाइलो चोकमा ३५ वर्षीया रुस्मा घिमिरे आचार्यलाई खुकुरी प्रहार गरी घरको छतबाट हाम फल्ने क्रममा ४३ वर्षीय कृष्णप्रसाद आचार्यको पनि मृत्यु भएको हो।

गएराति १० बजे कृष्णप्रसादले रुस्मालाई पछाडिबाट खुकुरी प्रहार गरेका हुन्। श्रीमतीलाई आक्रमण गरेलगतै घरको छतमा पुगी उनले हाम फालेका थिए। आफ्नै घरकाे तीन तलामाथिकाे बैठक काेठामा खुकुरी प्रहार गरेर आचार्य हाम फालेर भाग्न खाेजेकाे प्रहरीकाे भनाइ छ ।

Siddi ganesh

श्रीमानको प्रहारबाट घाइते रुस्माको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो। हाम फाल्दा घाइते भएका आचार्यको पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवैजनाको शव पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.