Attariya Hospital Pvt.Ltd.

सुदूरपश्चिममा सोमबार १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

padma
milan sunchadi

अत्तरिया – सुदूरपश्चिममा सोमबार १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको सीमा नाकामा परीक्षण गर्दा १९ जनामा संक्रमण भेटिएको हो।

स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार कञ्चनपुरको सीमा नाकामा ११३ जनाको ऐन्टिजेन परीक्षण गर्दा ९ जना र कैलालीको त्रिनगर भन्सार नाकामा ५२ जनाको परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको हो।

यस्तै सेतीमा ३४ नमूनाको पीसीआर परीक्षण गर्दा १० जनामा संक्रमण फेला परेको हो। यस्तै सेती प्रादेशिक अस्पतालमा २ जना कोरोना संक्रमितको उपचार भइरहेको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.