Attariya Hospital Pvt.Ltd.

सोमबार थप ५ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, एकजनाको मृत्यु

padma
milan sunchadi

काठमाडौं – नेपालमा सोमबार थप ५ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। २४ घन्टामा गरिएको ४८ सयवटा नमूना परीक्षणमा ५ सय ६८ जनामा संक्रमण पुष्टि भएको हो। आज १ जना संक्रमितको मृत्यु भएको छ।

आज ९५ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या पनि ३ हजार ५३४ रहेको छ।

हाल देशभर २७ जना संक्रमित आइसियूमा‚ २ जना भेन्टिलेटरमा‚ १२७ जना संस्थागत आइसोलेशनमा र ३४ सय ७ जना होम आइसोलेशनमा उपचाररत रहेका छन्।

Nawadurga
Leave A Reply

Your email address will not be published.