Attariya Hospital Pvt.Ltd.

कटानको जोखिमले शिवरत्नपुरका १६ परिवार विस्थापित

padma
milan sunchadi

धनगढी – कैलालीको कैलारी गाउँपालिका –३ स्थित मोहना नदी पारिको बस्ती शिवरत्नपुरका १६ परिवार विस्थापित भएका छन् । बस्तीतर्फ मोहना नदीको कटानका कारण जोखिममा परेपछि ती परिवार सुरक्षित स्थानतर्फ सरेका हुन ।

सो गाउँको सुरक्षाका लागि गत जेठमा २० लाख रुपियाँ लागतमा भौतिक र जैविक तटबन्ध निर्माण गरिएको थियो । तर असारमा आएको बाढीले तटबन्ध नै बगाएपछि उच्च जोखिममा रहेका परिवार विस्थापित भएका हुन् ।

विस्थापित भएकाको विचल्ली परेको छ । विस्थापितहरु अस्थायी टहरा बनाएर बसेका छन् ।

Siddi ganesh

सुरक्षाका लागि बनाइएको तटबन्ध बगेपछि ९५ घरधुरी रहेको शिवरत्नपुर गाउँ नै कटानको जोखिममा छ । कटान गर्दै नदी बस्तीतर्फ सोझिएको छ ।

विस्थापितसहित शिवरत्नपुर गाउँवासीले आफूहरुको सुरक्षित र उचित स्थानमा बसोबासको व्यवस्था मिलाउन माग गरेका छन् । हरेक वर्ष डुवान, कटानको समस्या भोग्दैआएको सो गाउँवासी यस पटक कटानको उच्च जोखिममा परेपछि जीउज्यानको सुरक्षाका लागि विस्थापित भएको कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले बताए ।

विस्थापितले टहरा निर्माण गरेर अस्थायी बसोबासका लागि गाउँपालिकाले त्रिपालको व्यवस्था गरेको छ । ‘बर्खा जारी रहेकाले कटान नियन्त्रणका लागि तत्कालै तटबन्ध निर्माण गर्न सकिने अवस्था छैन’, अध्यक्ष चौधरीले भने ।

यसैबीच, विस्थापित परिवारको सुदूरपश्चिम प्रदेश संसदीय समितिले सोमबार अनुगमन गरेको छ । समितिका सभापति नेपालु चौधरीको नेतृत्वमा विधायन तथा प्रदेश मामिला समितिले विस्थापितको अनुगमन गरेको हो ।

अनुगमन टोलीमा समितिका विधायन तथा प्रदेश मामिला समितिका सदस्यहरु मालामति राना थारु, पूर्णा जोशी, शान्ति नेपाली, लालबहादुर धामी सहभागी र। यस्तै, प्रदेश सभा सदस्य वीरमान चौधरी, कैलारी गाउँपालिकाका उपाध्यक्ष भगवतीकुमारी चौधरीसहित, निवर्तमान जनप्रतिनिधि, सुरक्षाकर्मी पनि टोलीसंगै शिवरत्नपुर पुगेका थिए ।

Nawadurga
Leave A Reply

Your email address will not be published.