Attariya Hospital Pvt.Ltd.

कैलालीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किदा एकजना गम्भीर घाइते

padma
milan sunchadi

अत्तरिया – कैलालीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किदा एकजना गम्भीर घाइते भएका छन्। जिल्लाको लम्की–चुहा नगरपालिका वडा नम्बर २ मोतीपुरस्थित पूर्व पश्चिम राजमार्गमा दुई मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्।

पूर्वबाट पश्चिम तर्फ आइरहेको सोही ठाउँका २७ वर्षीय हिमाल न्यौपानेले चलाएको सुपप्र ०१–००११ प २४१२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको सोही नगरपालिका वडा नम्बर ६ बस्ने २६ वर्षीय हेमन्त ताम्राकारले चलाएको से ५ प १९६७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

दुर्घटनामा हेमन्त ताम्राकार घाइते भएको र उनलाई उपचारका लागि नेपालगञ्ज रेफर गरिएको प्रहरीले बताएको छ। हिमाल न्यौपाने र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.