Attariya Hospital Pvt.Ltd.

‘प्य्रांक’को नाममा महिलालाई अमानवीय व्यवहार गर्ने यूट्युबर पक्राउ

padma
milan sunchadi

काठमाडौं – बाटोमा हिँडिरहेकी महिलालाई अमानवीय व्यवहार गरी सामाजिक सञ्जालमा प्रसारण गर्ने यूट्युबरलाई प्रहरीले पक्राउ गरेको छ।

नकारात्मक सन्देश फैलाउने खालको प्य्रांक भिडियो बनाइ यूट्युबमा राखेका नवलपरासी (बर्दघाट सुस्ता पूर्व), हुप्सेकोटका २६ वर्षीय पूर्णचन्द्र भुसाल (प्रदीप) लाई पक्राउ गरेको प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।

उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा मंगलबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको ब्यूरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए।

Siddi ganesh

भुसाललाई नवलपरासी प्रहरीको सहयोगमा सोमबार पक्राउ गरी काठमाडौँ ल्याइएको ब्यूरोले जनाएको छ।

रासस

Nawadurga
Leave A Reply

Your email address will not be published.