Attariya Hospital Pvt.Ltd.

दार्चुलामा ई–पासपोर्ट सेवा अवरुद्ध

padma
milan sunchadi

दार्चुला – दार्चुला बाट सञ्चालन भईरहेको विद्युतीय राहदानी ई–पासपोर्ट सेवा अवरुद्ध  भएको छ ।

गत जेठ १६ गते देखि सञ्चालनमा आएको विद्युतीय राहदानी सेवा नेटवर्क डाउन हुदा  रोकिएको हो । विद्युतीय राहदानी सञ्चालनका लागि राहदानी विभागबाट सुविसु नेटवर्क कम्पनी मार्फत नेटवर्क जडान भएको थियो ।

उक्त नेटवर्कमा प्राविधिक समस्या आए पछि  ५ दिन देखि सेवा अवरुद्ध भएको प्रशासन  कार्यालय दार्चुलाले जनाएको छ ।

Siddi ganesh

साउन ४ गते देखि आएको प्राविधिक समस्याका कारण ई पास्पोर्ट सेवा अर्को सुचना नआए सम्मका लागि स्थगित गरिएको प्रशासन कार्यालयले निकालेको सूचानमा   उल्लेख गरिएको छ ।

अवरुद्ध सेवा  सुचारुको  लागि राहदानी विभाग, त्रिपुरेश्वर काठमाण्डौ सँग पत्र तथा फोन सम्पर्क मार्फत समन्वय भईरहेको जिल्ला प्रशासन कार्यालय  दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साँउदले जानकारी दिएकी छिन् ।  गत महिना पनि सेवा अवरुद्धभएको  थियो   ।

Nawadurga
Leave A Reply

Your email address will not be published.