Attariya Hospital Pvt.Ltd.

कञ्चनपुरबाट काठमाडौँका लागि छुटेको बस दाउन्नेमा दुर्घटना,३१ जना घाइते

padma
milan sunchadi

कञ्चनपुर – कञ्चनपुरबाट काठमाडौँका लागि छुटेको बस दाउन्नेमा दुर्घटना भएको छ । ना ५ ख ५१०० नम्बरको बस आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टीएको हो । पल्टिदा बसमा आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन् ।

घाइते यात्रुमध्ये ६ जनाको अवस्था भने गम्भीर रहेको नवलपुर प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।

गम्भीर घाइते ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको छ । अन्य सामान्य घाइतेहरूको मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.