

डोटी – डोटीमा बेपत्ता रहेका एक जनाको कंकाल फेला परेको छ। पूर्वीचौकी गाउँपालिका–७ कतरकुडी बस्ने ६० वर्षीय कैलाश ढोलीको शव फेला परेको हो।
उनको सोही ठाउँस्थित चिउरीलेकको जङ्गलमा बुधबार मृत अवस्थामा फेला परेका हुन्। उनी साउन ३ गतेदेखि बेपत्ता भएका थिए। बेपत्ता भएपछि पनि प्रहरीलाई खबर नगरेको र शव पनि आफन्तले नै फेला पारेको जिल्ला प्रहरी कार्यालय डोटीले बताएको छ।
बेपत्ता रहेका उनको शव कंकाल भएको अवस्थामा फेला परेको र यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।
