अत्तरिया – कैलालीमा ५३ वर्षीय पुरुषले ३० औं पटकमा एसईई उत्तीर्ण गरेका छन्।

जिल्लाको कैलारी गाउँपालिका–६ को गदरियास्थित जनता माध्यमिक विद्यालयबाट ५३ वर्षीय भागिराम चौधरीले ३० औं पटकमा यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गरेका हुन् ।


कैलारी गाउँपालिका–६ को जनता माध्यमिक विद्यालयबाट २९ पटकसम्म परीक्षामा असफल भएका चौधरी यो वर्ष भने २.०० जीपीए ल्याएर उत्तीर्ण गरेको विद्यालयका शिक्षक यामु शर्माले जानकारी दिएका छन्।
चौधरी २०५२ सालबाट सोही विद्यालयमा कार्यालय सहयोगीको रुपमा कार्यरत छन्। चौधरीले अव कक्षा ११ र १२ जनता माध्यमिक विद्यालयमै पढ्ने बताएका छन्।
