सुदूरपश्चिममा उकालो लाग्दै कोरोना ग्राफ, आज थप १८ जनामा संक्रमण पुष्टि

padma

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा पछील्ला केहिदिन यता कोरोनाको ग्राफ उकालो लाग्दै गएको छ । प्रदेशमा पछील्लो २४ घण्टामा १८ जनामा संक्रमण पुष्टी भएको छ ।

Shikhar Dental

स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार कैलाली–कञ्चनपुरका सीमा नाकामा ३५१ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै सेती प्रादेशिक अस्पतालमा भएको पीसीआर परीक्षणमा ९ जनामा संक्रमण देखिएको छ। सेतीमा २३ जनाको नमूना परीक्षण गरिएको थियो।

हाल सेती प्रादेशिक अस्पतालमा ४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। जसमध्ये एकजनाको आइसियूमा उपचार भइरहेको छ। हिजो प्रदेशमा ३२३ जनामा नमुना परिक्षण गर्दा १४ जनामा संक्रमण पुष्टी भएको थियो । भारतमा कोरोना दर बढेसँगै सीमा जोडिएको नेपालमा पनि धमाधम संक्रमित फेला पर्न थालेका हुन्।

Nawadurga
Leave A Reply

Your email address will not be published.