Attariya Hospital Pvt.Ltd.

धनगढीमा मोटरसाइकलले गाईलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु

padma
milan sunchadi

अत्तरिया – धनगढीमा मोटरसाइकलले गाईलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुरमा अत्तरियाबाट धनगढी तर्फ जाँदै गरेको से ६ प ८०२८ नम्बरको मो.सा.ले छाडा गाईलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको हो।

चालक धनगढी विशालनगरका ४४ वर्षीय विरेन्द्र शर्मा र पछाडि सवार ५५ वर्षीय निर्मल हमाल गम्भीर घाइते भएका थिए। मायामेट्रो अस्पतालमा उपचारका क्रममा पछाडी सवार निर्मल हमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

शर्माको अवस्था पनि गम्भीर रहेको प्रहरीले बताएको छ। मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको र हमालको शव पोष्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.