Attariya Hospital Pvt.Ltd.

कञ्चनपुरमा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा किशोर पक्राउ

padma
milan sunchadi

कञ्चनपुर – कञ्चनपुरमा ६ वर्षीय बालीकालाई जवरजस्ती करणी गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । लालझाडी गाउँपालिका-६ ढक्का शिविर बस्ने १५ वर्षीय किशोरलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

किशोरले ती बालिकालाई ललाई फकाई आफ्नै घर कोठामा लगेर बुधबार साँझ जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताएका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.