Attariya Hospital Pvt.Ltd.

उस्तै छ समाजमा जातीय छुवाछुत

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर १ की राजु वि क वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाबाट सदस्यकी उम्मेदवार थिईन् । चुनावी माहोलमा उनी वडाका अन्य उम्मेदवारसंगै प्रचारमा थिईन् । प्रचारमा जाँदा कतिपय व्यवहारहरुले भने जातीय छुवाछुत प्रष्टै दर्शाउँथे । वैशाखको चर्को गर्मीमा दिँउसोको समयमा एकदिन उनी अन्य उम्मेदवारसंगै घरदैलो कार्यक्रममा थिईन् । एक घरमा उम्मेदवारहरुले पानी मागे,भित्रबाट एक महिलाले पानी लिएर आईन् ।

जव ति महिलाले राजु विक लाई पनी संगै देखीन उनी पानीको लोटा लिएर भित्र फर्किईन् । “के भयो हजुर” भनेर चुनावी प्रचारका अन्य सहभागीले सोध्दा ति महिलाले जवाफ दिईन्, “ यो पार्टी नै खराव रहेछ,तपाइँहरुलाई हामी न भोट न पानी केहि पनी दिँदैनौ,जानुहोस्” भन्दै जवाफ फर्काइन् । अन्य उम्मेदवार सरासर फर्किएपनी राजुले भने त्यो उपल्लो जातीको परिवारकै घर भएकोले आफु दलीत समुदायको व्यत्तिलाई देखेकै कारण पार्टी नै ठिक छैन सम्म भनेको मेसो पाईसकेकी थिईन् ।

तर चुनावी समयमा निकै व्यस्त भएकोले उनले त्यो कुरा कतै राखीनन् । चुनाव सकिएपछी भन्दा धरैले जातीय छुवाछुत गर्ने ति महिला पाको उमेरकी भएकोले अब अन्य प्रक्रियामा नजान आग्रह गरे,राजुले त्यसै गरिन् । त्यस्तै वडा नम्बर १० बाट सदस्यमा विजयी भएकी बन्धना वि क ले पनी चुनावी प्रचारका क्रममा थुप्रै ठाँउमा जातीय विभेद सहनु परेको बताईन् । शुक्रबार दलीत महिला संघ (फेडो) गोदावरीको त्रैमासिक वैठकमा जातीय छुवाछुत सम्बन्धी आफ्नो अनुभव सुनाँउदै बन्धनाले चुनावी प्रचारमा अविर लगाउने क्रममा सबैलाई लगाईदिसकेपछी आफुलाई छुट्टै कागजमा दिईएको बताईन् ।

Siddi ganesh

उनले खाना खाने ठाँउमा पनी आफुले विभेद खेप्नु परेको बताईन् । यस्ता कुराहरु देखीदा साना देखीने भएपनी भोग्नेलाई भने निकै पीडा हुने उनीहरुको भनाई थियो । वैठकका सहभागीहरुले समाजमा अझैपनी जातीय छुवाछुत जडा गाडेरै बसेको सहभागीहरुले बताए । गोदावरी नगरपालीका वडा नम्बर २ की कल्पना वि क ले मन्दीरमा जान समेत धेरै पटक सोच्नुपर्ने अवस्था अझै रहेको बताईन् । दलीत समुदायले मन्दीरमा गएर पुजा गरे घरमा अनिष्ट हुन्छ,श्रीमानको आयु छोटो हुन्छ,सन्तान अशत्त जन्मीन्छ भन्ने जस्ता कुराहरु अहिले पनी सुनीने भएकोले जातीय छुवाछुत अन्त्यकालागी सम्बन्धीत निकायले अझै पहल गर्नुपर्ने बताईन् । कानुनमा परिवर्तन भएपनी व्यवहारमा भने पविर्तन नआएको उनले बताईन् ।

दलित महिला सघं (फेडो)की जिल्ला सचिव अम्बीका ताम्राकारले जातीय छुवाछुत अन्त्यकालागी जनचेतनाका कार्यक्रम आवश्यक रहेको बताईन् । उनले अहिले निर्वाचित जनप्रतिनिधीले पनी जातीय छुवाछुतलाई मुख्य विषय बनाउन पर्नेमा जोड दिईन् । त्यस्तै सँस्थाकी गोदावरी नगर संयोजक सकुन्तला सोवले जातीय छुवाछुत अहिलेपनी व्याप्त रहेको तर सामाजिक संद्भाव खलवलीने डरले घटना बाहिर नल्याईने गरीएको बताईन् । उनले मानीसहरुमा सार्वजनीक स्थलहरुमा मात्रै छुवाछुत नगर्ने हो,आफ्नो घरमा त जे गरेपनी हुन्छ भन्ने भ्रम रहेको बताईन् ।

उनले जातीय छुवाछुत अन्त्यकालागी अब वडावडामा समेत मौखीक नभई लिखीत समझदारी गर्नु आवश्यक रहेको बताईन् । संयोजक सोवले जातीय छुवाछुतको घटना कतै भएमा कानुनी रुपमा अगाडी बढ्नेगरी बाहिर ल्याउन समेत सबैलाई आग्रह गरिन् । वडा नम्बर १२ की बसन्ती वि क ले जनप्रतिनिधीले भौतिक विकासमा मात्रै बजेट नछुट्टयाएर सामाजिक विकासलाई पनी स्थान दिनुपर्ने बताईन् । पछील्लो समय जनप्रतिनिधीले बाटोघाटो,पुल पुलेसामात्रै बजेट केन्द्रीत गर्दा सामाजिक पाटो पछी पर्दै गएको उनको अनुभव छ ।

अहिले सार्वजनिक स्थानमा हुने छुवाछुतमा कमी आएपनी अन्त्य भने नभएको उनीहरुले बताएका थिए । छुवाछुत अन्त्य गर्नका लागी स्थानीय तहमा निर्वाचित जनप्रतिनिधीको मुख्य भुमीका रहेने उनीहरुले बताए । जातीय छुवाछुतका घटनालाई प्रहरीले समेत गम्भीरताकासाथ नलिने उनीहरुको गुनासो थियो । वैठकमा गोदावरी नगरपालीका वडा नम्बर १ का वडा अध्यक्ष गोपालदत्त भट्टले जातीय छुवाछुत अन्य हुने क्रममा नै रहेको बताए । उनले छुवाछुत अन्त्यकालागी आफ्नो तर्फबाट सकिने पहलकालागी तयार रहेको बताए ।

दलित महिला सघं (फेडो) दलित महिलाहरुको हक अधिकारहरु सुनीश्चीत गर्दै हरेक तहमा अर्थपुर्ण सहभागीताकालागी पहल गर्ने उदेश्य सहित २०५९ सालमा कैलालीमा स्थापना भएको थियो । उत्त सँस्थाले गोदावरी नगरपालीकामापनी वडा तथा नगरस्तरीय समुह गठन गरेर काम गर्दै आएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.