स्कुल बसले किच्दा तीन वर्षीया बालिकाको मृत्यु

padma

दाङ – दाङको देउखुरीमा स्कुल बसले किच्दा तीन वर्षिया बालिकाको मृत्यु भएको छ ।

गढवास्थित न्यु मुनराइज बोर्डिङ स्कुलको ना ६ ख ६४३२ नम्बरको बसले किच्दा सोही स्कुलमा पढ्ने गढवा गाउँपालिका-७ मानपुर उत्तर टोलकी पूजा थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

Shikhar Dental

प्रहरीका अनुसार शुक्रबार स्कुल सकेर घर जानेबेला स्कुल बसबाट ओर्लिएकी बालिकालाई सोही बसको पछाडिको टायरले किचेको थियो।

गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा लमही अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

बस चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.