Attariya Hospital Pvt.Ltd.

पथरैया नदीको मगर गोहीले खायो स्थानीयको बाख्रा

padma
milan sunchadi

धनगढी – कैलालीको पथरैया नदीमा रहेको मगर गोहीले स्थानीयको बाख्रा खाएको छ । गोहीले शनिबार विहान टीकापुर नगरपालिका–७ बैदीस्थित ढुङ्गाना टोलका सिद्धप्रसाद ढुङ्गानाको बाख्रा खाइ दिएको हो ।
पथरैया नदी किनारमा चरिरहेको बाख्रालाई नदीबाट आएकोे गोहीले समाएर नदीमा लगेको डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुंगानाले जानकारी दिए । यसअघि पनि २०७५ साल तिर पथरैया र काडा नदिमा बाख्रा र खसीलाई गोहीले खाएको थियो । यो क्षेत्रमा मगर र घडीयाल गरी २ प्रकारका गोही पाईने गरेका छन् ।

मगर गोही आक्रमक हुनुका साथै जनावरसहित मान्छेलाई पनि खाने गरेका छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.