

अत्तरिया – कैलालीको अत्तरियामा ट्याङ्कर दुर्घटना हुँदा एकजना गम्भीर घाईते भएका छन् भने पाँच ओटा गाई घटनास्थलमै मरेका छन् ।
शनीबार बेलुकी ९ बजेको समयमा सुदूरपश्चिमकै पहाडी जिल्लाबाट आएको ना ४ ख २६४० नम्बरको खाली ट्याङ्कर अत्तरियाको राष्ट्रीय वाँणीज्य बैंक नजीक दुर्घटना भएको हो । दुर्घटनामा पैदलयात्री दार्चुलाको मालीकार्जुन १ बस्ने ३८ वर्षीय लोकेन्द्र जोशी गम्भीर घाईते भएको प्रदेश ट्राफीक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
घाईते जोशीलाई अत्तरियाको पदमा अस्पताल पठाईको बताईएको छ । करिब दुई सय मिटर परबाट अनीयन्त्रीत भई दुर्घटना भएको ट्याङ्करले बिजुलीको पोल तथा रुखहरु समेत भाँचेको प्रहरीले जनाएको छ । ट्याङ्कर चालक डडेलधुराको आलीताल २ का २५ वर्षीय गणेश मल्ल प्रहरी नियन्त्रणमा रहेको बताईएको छ । छाडा पशुचौपाया जोगाउने क्रममा ट्याङ्कर अनियन्त्रीत भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
