बझाङकी एक सुत्केरी र नवजात शिशुको मृत्यु

Image

डडेल्धुरा – बझाङकी एक सुत्केरी आमा र नवजात शिशुको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । थलारा गाउँपालिका १ सिम्टोलाकी २० वर्षीय सृजना सुनार र उनले जन्माएको नवजात शिशुको शनिबार मृत्यु भएको हो ।

बेहोस अवस्थामा अस्पतालमा पुर्याएकी सुनार र नवजात शिशुको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । उनलाई गर्भाअवस्थामा छारे रोगको समस्या देखिएको प्रहरीले बताएको छ । आमा र बच्चाको शव आफन्तले बुझिसकेको प्रहरीले जनाएको छ ।