काठमाण्डाै – खोटाङको मातिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको छ ।

बिहान ८ बजेर १३ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का खोटाङ, काठमाण्डौसहित देशका धेरै ठाउँमा महसुस गरिएको छ ।


खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईँका अनुसार ४ देखि १० सेकेण्डसम्मको धक्का महसुस भएको छ ।
क्षतिको थप विवरणबारे जानकारी प्राप्त भइनसकेको उनले बताएका छन् । विपद् व्यवस्थापनमा खटिने टोली तथा सुरक्षा निकायलाई तयारी अवस्थामा रहन भनिएको पनि प्रमुख जिल्ला अधिकारी सेडाईँले बताएका छन् ।
