अत्तरिया – आईतबार सुदूरपश्चिममा थप ३२ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार कैलाली, कञ्चनपुर र बैतडीका सीमा नाकामा ४७३ जनाको एन्टिजेन परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको हो।


कञ्चनपुरमा २१, कैलालीमा ९ र बैतडीमा २ जनामा संक्रमण देखिएको हो।
भारतमा कोरोना दर बढेसँगै सीमा जोडिएको सुदूरपश्चिममा पनि धमाधम संक्रमित फेला पर्न थालेका छन्।
