Attariya Hospital Pvt.Ltd.

बझाङमा धामीझाँक्रीको भरपर्दा एक जना सुत्केरी र नवजात शिशुको मृत्यु

padma
milan sunchadi

बझाङ – बझाङमा धामीझाँक्रीको भरपर्दा एक जना सुत्केरी महिला र नवजात शिशुको ज्यान गएको छ । उपचारका लागि ढिलो अस्पताल पुर्‍याउँदा थलारा गाउँपालिका–१ मोतीपुरकी २० वर्षीया सिर्जना सुनार र उनको नवजात शिशुको मृत्यु भएको हो।

पारिवारिक स्रोतका अनुसार गत बुधबारबाटै सामान्य सुत्केरी व्यथा लागेकी उनलाई शुक्रबार बिहान साढे ६ बजेतिर व्यथासँगै शरीर बाँगिने समस्या भएको थियो। आँखा, अनुहार र हातगोडा बायाँतिर फर्किने र एकोहोरो श्वास चल्ने भएपछि परिवार सदस्यले उनलाई स्थानीय धामीकहाँ झारफुकका लागि लगेका थिए। उनलाई शुक्रबार दिनभरि र रातभरि स्थानीय धामीले झारफुक गरेका थिए। उनी झन् बेहोस हुन थालेपछि भोलिपल्ट देउरा अस्पताल लगिएको थियो।

देउरा प्राथमिक स्वास्थ्य केन्द्रले उनको अवस्था नाजुक भइसकेकाले उपचार हुन नसक्ने भन्दै डडेलधुरा रेफर गरेको बताएको थियो। शनिबार दिउँसो डडेलधुरा अस्पतालमा पुर्‍याइएकी सिर्जनाको त्यसको ३ घण्टा नपुग्दै मृत्यु भएको थियो।उच्च रक्तचापका कारण हुने इक्लामसिया रोग भएको, फोक्सोमा र्‍याल जमेको र रगतमा अत्यधिक संक्रमण भएको अवस्थामा अस्पताल पुर्‍याइएकी उनलाई धेरै कोसिस गर्दा पनि बचाउन नसकिएको उनको उपचारमा संलग्न डडेलधुरा अस्पतालका चिकित्सकले बताएका छन्।

Nawadurga
Leave A Reply

Your email address will not be published.