

धनगढी – धनगढीमा एक युवक लागुऔषधसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बाट पक्राउ गरेको हो।
डोटीको बडिकेदार गाउँपालिका १ बस्ने २८ वर्षीय बसन्त मौनिको साथबाट ३ ग्राम २०० मिलि ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए।
उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले बताए।
