Attariya Hospital Pvt.Ltd.

नागको पूजा गरेर मनाइयो नागपञ्चमी

padma
milan sunchadi

काठमाडौं – मंगलबार घरघरमा नाग टाँसेर नागपञ्चमी मनाइएको छ। हरेक वर्ष श्रावण महिनामा शुक्ल पक्षको पञ्चमी तिथिका दिन नाग पञ्चमी मनाउने चलन छ। नागपञ्चमीलाई एक श्रद्धा र विश्वासको पर्वको रुपमा पनि लिने गरिन्छ। नाग पञ्चमीको अवसरमा घरघरसँगै विभिन्न पोखरी र मन्दिरमा नागको पूजा गरेर नागको पूजा गरिएको हो।

आजको दिन नागको चित्रमा दूध, दही, अक्षता, फूल, दुबो राखी गाईको गोबर टाँसेर घरको ढोकामाथि अष्टनागको चित्र टाँस्ने गरिन्छ। यसरी आजको दिन घरको ढोकामा अष्टनागको चित्र टाँस्नाले उक्त घरमा चट्याङ नपर्ने, आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ।

यस्तै, आजको दिनदेखि वर्षायाम समाप्त भएर हिउँदयाम सुरू भएको मानिन्छ। आजको दिन नागको पूजा गरेपछि लुतो, घाउँ खटेरा, कुष्टरोग निको हुने र आकाशको चट्याङबाट बच्ने, भूँइचालो नआउने र नाग प्रसन्न भएर पानी पार्ने, सह र सिद्धि बढ्ने धार्मिक मान्यता रहेको छ।

Siddi ganesh

नाग देवता रिसाए भने पानी नपर्ने वा धेरै पानी पर्ने र नाग देवता खुशी भएभने पहिरो नजाने, खोलालाई नागले बाँधेर राख्ने भन्ने विश्वास रहेको छ।

यसबाहेक ज्योतिषशास्त्र अनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन्। पातालमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने भएकाले नागपञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ हुँदैन भन्ने मान्यता रहेको छ ।

नाग पञ्चमी सबै धर्मालम्बीले मान्ने गर्छन्। किनभने यो प्रकृतिको पुजा हो। प्रकृति पूजा, भ्यागुता, वर वृक्षको पूजा, नदीको पूजा गर्ने गरिन्छ ।

नाग पञ्चमीका दिन नेपाल र भारतका विभिन्न नाग देवताको मन्दिरमा नाग पञ्चमी मेला लाग्दछ। नाग देवतालाई दूध, दुबो, कुश, चन्दन, फूल, अक्षता, लड्डु अर्पण गरेर पूजासमेत गरेर नाग स्तोत्रको पाठ गर्ने गरिन्छ।

हिन्दू धर्मको मान्यता अनुसार यो दिन नागको पूजा गर्नाले सर्पका राजा नाग देवता खुसी हुन्छन्, त्यसैले नाग पूजा गर्ने मान्छेलाई सर्पको भय हुँदैन भन्ने मान्यतासमेत रहेको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.