

धनगढी – धनगढीमा खेतमा गाडिएको अवस्थामा अवैध काठ बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका – ६ जालीमा करन चौधरीको खेतमा गाडिएको अवस्थामा अवैध काठ फेला परेको हो ।
वडा नम्बर ५ मा काठ व्यवसाय सञ्चालन गर्दै आएका चौधरीले आफ्नो जमिनमा अवैध काठ गाडेको स्वीकार गरेका छन् । उनले उक्त काठ जंगलबाट नल्याई आफ्नो खेतमा ढलेको रुखलाई पुरेको बताए ।
उक्त काठ सव–डिभिजन वन कार्यालय तारानग र डिभिजन वन कार्यालय धनगढीको टोलीले बरामद गरेको हो ।
