

धनगढी – मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाज बाट धनगढीका व्यवशायी पक्राउ परेका छन ।
सुदूरपश्चिम प्रदेश सुनचाँदी व्यवसायी संघमा समेत आबद्ध रहेका सन्तोष लामिछानेलाई पक्राउ गरेको हो । प्रहरी यस बारे थप अनुसन्धान गरिरहेको छ।
सुनचाँदी र उनीहरुले गर्ने अन्य कारोबारमाथि समेत शंका लागेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको हो। कैलालीका लामिछानेमाथि यसअघि पनि उजुरी परेको प्रहरीले बताएको छ।

अहिले सुनचाँदी व्यवसायीहरुको टोलीसँग उनी मुम्बई घुम्न जान लागेका थिए। त्यही बेला कैलाली प्रहरीले प्रधान कार्यालयमा जानकारी गराएको थियो।
जहाज उड्न लागेको बेलामा प्रहरीको विशेष ब्युरोले उनीहरुलाई पक्राउ गरेको हो । ढोका बन्द भएर उड्न लागेका बेला सबै यात्रु उतारेर प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
