

अत्तरिया – बुधबार सुदुरपश्चिममा थप ५४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार कैलाली, कञ्चनपुर र बैतडीका सीमा नाकामा ५०४ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै सेती प्रादेशिक अस्पतालमा ४२ जनाको परीक्षण गर्दा १५ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।
