

कैलाली – कैलालीको दक्षिणी सीमावर्ती क्षेत्रबाट युरिया मलको बोराभित्र राखेर ल्याइएको चिनी बरामद गरिएको छ । सशस्त्र प्रहरी र सत्ती भन्सार कार्यालयको राजश्व टोलीले टीकापुर नगरपालिका वडा नं.७ कालाकुण्टाबाट मंगलबार राति चिनी बरामद गरेको हो ।
बोराको बाहिर युरिया मल लेखिएको १५ बोरा चिनी बरामद गरिएको बिओपी खक्रौलाका इन्चार्ज धनबहादुर सिंहले बताए ।
राति साढे १२ बजेको समयमा तस्करहरूको एक समूहले युरिया ल्याउने बहानामा चिनी भित्र्याई रहेको सूचना पाएपछि गएको टोलीले १५ बोरा चिनीसहित ४० बोरा युरिया, ६ बोरा डिएपी मल, एक हल राँगा, दुईवटा गोरु गाडा बरामद गरेको इन्चार्ज सिंहले बताए ।
