

अत्तरिया – नेपाल विधुत प्राधिकरण र ग्रामीण विधुतिय सँस्था बिच समुन्वय नहुँदा सेवाग्राहि मर्कामा परेका छन् । कैलालीको गोदावरी नगरपालीकाका विभीन्न वडाहरुका केहि ठाँउमा विधुत प्राधिकरण र केहि ठाँउमा फरक फरक सामुदायिक विधुतिय सँस्थाहरुले सेवा दिँदै आएका छन् । कुनै कारणले बत्ति गएको घण्टौँ भईसक्दा समेत फल्ट नै पत्ता लाग्दैन । त्यसको एउटै कारण भनेको विधुत प्राधिकरण,नोलाइट र सेवा प्रवाहक सँस्थाबिच समुन्वयको कमजोरी भएको अत्तरिया नोलाइटका ईन्र्चाज सुनील खड्का बताँउछन् ।
विधुत प्राधिकरणको ११ केबी लाईन नोलाईटले हेर्ने र एल टी लाईन सामुदायिक सँस्थाले हेर्ने गरी जिम्मेवारी छुट्याईएको छ । विधुत प्राधिकरण बाट सोझै सेवा पाईरहेका ग्राहकहरुले कुनै कारणले बत्तिजाँदा छिटो छरीतो सेवा पाएपनी सँस्था मार्फत सेवा पाईरहेका ग्राहक भने जहिले सास्ती खेप्दै आएका छन् ।स्याउले मजगाँउ लगायतका ठाँउहरुमा पानी पर्न नपाँउदै पहिले बत्ति काटीन्छ । विधुत प्राधिकरणले यस्को कारण खैराना क्षेत्रको जंगलबाट बिजुलीको पोल जानु हो भन्दै आएको छ ।
अलीअली पानी पर्ने,हावा चल्ने बित्तिकै हाँगाहरुले पोलमा छुन्छ अटोमेटिक लाईन काटीन्छ । मंगल र बुधबार मात्रै पनी राती १ बजेको समयमा काटीएको बिजुली भोलीपल्ट बेलुकी ५ बजेको समयमा आएको थियो । बिहीबार मध्यराती गएको बिजुली अहिले बिहान ९ बजे मात्रै आएको छ ।दिनहुँजसो अलीअली पानी,हावा आउनासाथ बिजुली नहुँदा गर्मी संगै दिनहुँजसो हुने कामहरु रोकिने गरेका छन् । राती काटीएको बिजुली भोलीपल्ट बेलुकी मात्रै आँउदा सो दिनका लागी तोकिएका घरका लेन्टर हाल्ने काम,ग्रील सटर उधोगका काम,कम्पनीका काम लगायत थुप्रै कामहरु ठप्प हुने गरेको गोदावरी ८, स्याउलेका व्यवशायी दिपक कठायतले बताए । हावापानीले कतै बिगार्यो होला त्यो स्वभाविक कुरा हो व्यवशायी कठायतले भने “तर दिनभरी बिजुली नहुँदा लाखौँको घाटा भईरहेको छ ।”

पानी पर्ने बित्तिकै बिजुली जाने समस्याको स्थाइ समाधान निकान्लु पर्ने उनले बताए । उता जयलक्ष्मी विधुतिय सहकारी सँस्थाका अध्यक्ष टेक बहादुर देउवाले आफुहरु राती बिजुली जानसाथ देखी फल्ट पत्ता लगाउन लागीपर्ने गरेको बताए । हामीले ११ केबीको लाईनमा चढ्न मिल्दैन अध्यक्ष देउवाले भने “ हामीले हेर्ने भनेको एल टी लाईन मात्रै हो त्यस्मा खासै समस्या आँउदैन,समस्या बढी आउने भनेको ११ केबीको लाईनमा हो जस्मा हामीले चढ्न मिल्दैन ।
हाम्रा ग्राहक भएका ठाँउमा जुनसुकै लाईन बिग्रेपनी हामीलाई नै फोन आउने गरेको हँुदा जुनसुकै लाईन बिग्रको भएपनी आफुहरुले प्राविधीक पठाउने गरेको उनले बताए । ११ केबीको लाईनमा समस्या रैछ भने हामी नोलाईट लाई खबर गछौँ देउवाले भने । तर नोलाईट अत्तरियाका इन्चार्ज सुनील खड्का भने सामुदायिक सँस्थाहरुले आफ्नो जिम्मेवारी पुरा नगर्ने गरेको बताँउछन् । सामुदायिक सँस्थाले समस्या समाधान नगरेपनी विधुतलाई जानकारी मात्रै समयमा गराएमा पनी सहज हुने उनले बताए ।
उनीहरुले खबर नै गर्दैनन् ईन्चार्ज खड्काले भने“ विधुतबाट उनीहरुले जिम्मेवारी लिएका छन्,ग्राहक नजीक पनी उनीहरुसंग नै छन् तर उनीहरुले वास्ता गर्दैनन् । ” सबै सेवा प्राधिकरणले नै दिने भईदिएको भए समुन्वयमा सजीलो हुने तर आधी काम सँस्थाले गर्ने आधी काम प्राधिकरणले गर्ने गरी छुट्याईएको हुँदा समुन्वयमा समस्या हुनगई सेवा झन् बढी प्रभावित हुने गरेको उनले बताए । नोलाईट र विधुतिय सँस्थाबिचको दोषारोपणको मुख्य सिकार भने सेवाग्राहि बनेका छन् ।
