

धनगढी – बुधबार त्रिभुवन बिमानस्थलबाट पक्राउ परेका धनगढीका सुन ब्यवसायी शन्तोस लामिछानेसहित सुन चोरी प्रकरणमा थप ३ जनालाई पक्राउ परेका छन् । भारतको मुम्बई जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सुनचाँदी व्यवसायी लामिछानेसहित चोरी प्रकरणमा अनुसन्धानका क्रममा थप ३ जना पक्राउ परेका हुन।
बुधबार दिउँसो शंकास्पद व्यक्ति चढेको सूचना कैलाली प्रहरीले दिएपछि भारतको मुम्बई जान लागेको नेपाल एयरलाइन्सको जहाजबाट उनीहरुलाई पक्राउ गरिएको थियो। प्रहरीले लामिछाने सहित पक्राउ परेका ३ जना भारतको पञ्जावमा भएको एउटा सुन चोरीको घटनामा जोडिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले लामिछानेसँगै भारतबाट सुन चोरी र ओसारपसारको कार्यमा संलग्न रहेको आरोपमा अन्य तीन जनालाई पनि पक्राउ गरिएको जानकारी दिए।
उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको तत्काल विस्तृत विवरण दिन नसकिने उनले बताए । उक्त एक करोड बढीको सुन चोरीको उजुरी भारतीय दूतावासमार्फत आएको प्रहरीले जनाएको छ। उक्त प्रकरण विगत डेढ महिनादेखि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका लामिछानेलाई पनि कैलाली ल्याइसकेको प्रहरीले जनाएको छ । सन्तोष लामिछाने र उनीसहित पक्राउ परेकी मीना लामिछानेलाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
