Attariya Hospital Pvt.Ltd.

भारतीय ऋणमा निर्माण हुँदै पश्चिम सेती प्रसारण लाइन

padma
milan sunchadi

कैलाली – पश्चिम सेती चार सय केभी क्षमताको प्रसारण लाइन भारतीय ऋणमा बन्ने भएको छ। अस्ट्रेलियन कम्पनी स्मेक र चिनियाँ कम्पनी थ्री गर्जेजेले बनाउन नसकेको पश्चिम सेती आयोजना सम्भाव्यता अध्ययनको ४० वर्षपछि भारतीय ऋणमा बन्ने भएको हो।उक्त प्रसारण लाइन निर्माणका लागि एक महिनाअघि नै अर्थ मन्त्रालयमा प्रस्ताव पठाइएको राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. नेत्र ज्ञवालीले जानकारी दिए।

चैनपुर–वनलेख–न्यु अत्तरिया डबल सर्किट प्रसारण लाइन निर्माणका लागि लाइन अफ क्रेडिट (एलओसी) अन्तर्गत भारत सरकारले ऋण दिनेछ। प्रसारण लाइन निर्माणको जिम्मा पाएको राष्ट्रिय कम्पनीले एक महिनाअघि नै अध्ययन सकेर लगानी स्रोत जुटाउन अर्थ मन्त्रालयलाई प्रस्ताव गरेको थियो।१२ सय मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजनालाई केन्द्रमा जोड्न यो प्रसारण लाइन महत्त्वपूर्ण मानिएको जुन असार ६ गते मात्रै सरकारले सुदूरपश्चिममा रहेको पश्चिमसेती आयोजना भारतीय सरकारी कम्पनी नेसनल हाइड्रो इलेक्ट्रिक पावर कर्पोरेसन (एनएचपीसी)लाई दिने निर्णय गरेको थियो।

७ सय ५० मेगावाटको पश्चिम सेतीको जिम्मा पाएको कम्पनीलाई नै ४ सय ५० को सहायक सेती नदी आयोजनाको जिम्मा दिने भनिएको छ। उक्त संयुक्त पश्चिम सेती आयोजना मात्रै १२ सय मेगावाट क्षमताको छ। त्योसँगै पश्चिम सेती करिडोरमा थप ७ सय मेगावाट आयोजना निर्माण हुँदैछन्।पश्चिम सेती करिडोरका आयोजनालाई राष्ट्रिय प्रसारणमा जोड्न यो प्रसारण लाइनले मद्दत गर्ने प्रमुख कार्यकारी ज्ञवालीले बताए। सेती बेसिनको सबै पावरलाई जोड्ने हिसाबले यो लाइनको निर्माण गर्न थालिएको हो।

Siddi ganesh

१ सय ५० किलोमिटरको प्रसारण लाइन लम्की बरेलीमा जोडिने छ। कञ्चनपुरको न्यु अत्तरियाको दैजी भन्ने ठाउँमा जोड्ने प्रस्ताव गरिएको छ। त्यहाँबाट पूर्व(पश्चिमको लिंक आउने उनले भने। यो प्रसारण लाइनको लागत १४ अर्ब अनुमान गरिएको छ। अब निर्माणका लागि टेन्डर प्रक्रिया अघि बढ्नेछ। अगस्टबाटै टेन्डर आह्वान गर्दा पनि तीन महिना लाग्ने र बाँकी तीन महिनामा निर्माणको प्रक्रियामा अघि बढ्ने योजना छ। सन् २०२३ को सुरुबाट काम सुरु हुने ज्ञवालीले बताए। संयुक्त पश्चिम सेती आयोजना र त्यसका लागि आवश्यक प्रसारण लाइन पनि भारतीय ऋणमा नै निर्माण हुने उनले बताएका छन्।

Nawadurga
Leave A Reply

Your email address will not be published.