Attariya Hospital Pvt.Ltd.

स्रोत नखुलेको ४९ लाख रुपैयाँसहित एकजना पक्राउ

padma
milan sunchadi

काठमाडौं – स्रोत नखुलेको ४९ लाख रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका–६ भृकुटीचोकस्थित सडकखण्डमा सवारीसाधन जाँच गर्ने क्रममा बा ९९ प ७२०४ नम्बरको मोटरसाइकलमा सवार गोरखा घर भई काठमाडौँ तीनचुली बस्ने धावा घ्याल्चेन पक्राउ परेका हुन्।

प्रहरीका अनुसार उनको साथबाट स्रोत नखुलेको (ताइवानबाट हुण्डीमार्फत प्राप्त गरेको) ३२ लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। उनीसँग थप सोधपुछ गर्दा कोठामा थप रकम राखेको खुलेपछि बुधबार राति कोठाबाट थप १७ लाख ५० हजार रुपैयाँ फेला परेको जनाइएको छ।

Siddi ganesh

उनीमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

रासस

Nawadurga
Leave A Reply

Your email address will not be published.