Attariya Hospital Pvt.Ltd.

कैलालीका सीमा नाकाबाट १ वर्षमा ३९५ महिला तथा बालबालिकाको उद्धार

padma
milan sunchadi

धनगढी – मानव बेचविखन क्षेत्रमा काम गर्दै आइरहेको शान्ति पुनस्थापना गृहले एक वर्षमा ३९५ जनाबालिका, युवती तथा महिलाहरूको नाकाबाट उद्धार गरेको छ। कैलाली र कञ्चनपुरसँग जोडिएको त्रिनगर नाका र कैलालीको खक्रौला नाकाबाट आर्थिक वर्ष २०७८र७९ मा ३९५ जनाको उद्धार गरेको बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको हो । भारत जाने क्रममा नाकाबाट कैलालीलगायत ७७ वटै जिल्लाका महिला, युवती तथा बालिकाहरूलाई बेचविखन हुनबाट सुरक्षित राख्न उद्धार गरिएको गृहकी जिल्ला संयोजक निर्मला शाहीले जानकारी दिइन्।

धनगढी र टीकापुरलाई केन्द्रमा राखेर काम गर्दै आइरहेको सो गृहले सबैभन्दा बढी कैलालीका युवती, बालिका तथा महिलाहरूको नाकाबाटै उद्धार गरेको तथ्यांकमा उल्लेख छ। गृहले कैलालीका एक सय ९४, कञ्चनपुरका ३७, अछामका ११, डोटीका २०, बझाङका २२, बाजुराका सात, डडेल्धुराका ११, बैतडीका आठ जनाको दुई नाकाबाट उद्धार गरेको हो। जिल्ला संयोजक शाहीले सुदूरपश्चिम प्रदेशबाहेक देशभरीका ७७ वटै जिल्लाका युवती, महिला तथा बालिकाहरूलाई बेचविखन गर्ने उद्देश्यले दुई नाका भएर भारत लग्ने प्रयास हुने गरेको बताइन्।

विशेषतः १३ वटा स्थानीय तह रहेको कैलालीको लम्की चुहा, भजनी नगरपालिका र मोहन्याल गाउ“पालिकाका बढी महिला, बालिका तथा युवतीहरू बढी प्रभावित हुने गरेको उनले बताइन्। गृहका अनुसार प्रलोभनमा पारी १८ देखि २५ उमेर समूहका युवतीहरूलाई बेचविखनका लागि भारत लैजाने गरेका छन्। गृहको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८र७९ मा उद्धार गरिएकामध्ये ५२ प्रतिशत युवतीहरू १८ देखि २५ वर्ष उमेर समूहका रहेका छन्। यस्तै, १६ देखि १७ वर्ष उमेर समूहका २२ प्रतिशत, ११ देखि १५ वर्ष उमेर समूहका नौ प्रतिशत, २६ देखि ३० उमेर समूहका नौ प्रतिशत, ३० वर्ष माथिका चार प्रतिशत र १० वर्ष मुनिका चार प्रतिशत रहेका छन्।

Siddi ganesh

गृहले आर्थिक वर्ष २०७८र७९ मा भारतबाट एक जनाको उद्धार गरी घरपरिवारमा पुर्नमिलन गराएको छ। जिल्ला संयोजक शाहीले महिला बेचविखन तथा जबरजस्ती करणीमा १३ जनाविरुद्ध मुद्दा दायर गरेको छ भने दुई सय ९७ जनालाई परिवारको जिम्मा लगाएको छ। संस्थाले पीडितको उजुरीका आधारमा जबरजस्ती करणीविरुद्ध आठ, जबरजस्ती करणीसँगै मानव बेचविखन तथा ओसारपसारमा चार र मानव बेचविखन तथा ओसारपसारमा एक गरी १३ मुद्दा दर्ता गराएको तथ्यांकमा उल्लेख रहेको छ।

Nawadurga
aisworya
Leave A Reply

Your email address will not be published.