Attariya Hospital Pvt.Ltd.

कैलालीमा एक बालीकाको शव फेला

padma
milan sunchadi

अत्तरीया – कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर १ मा एक बालिकाको शव फेला परेको छ । शुक्रबार गाउँपालिकाको वडा नम्बर १ चायाभावर वस्ने सन्तोश गोल्नी मगरको ७ वर्षिया छोरी तिल्सरी गोल्नी मगरको शव खोलामा मृत अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले बताए

प्रहरीका अनुसार बिहिवार करिव दिउँसो ३ बजेको समयमा घरबाट सौतेनी आमा मुना गोल्मी मगरसँग निस्के कि तिल्सरीको शुक्रबार बिहान बरपानी खोलामा शव फेला भेटिएको छ । उनका वुबा शिक्षक लाईसेन्सको परिक्षाको लागी धनगडी बस्दै आएका छन् भने आमा पन्चकला जोल्नी मगर पनि रोजगारको लागि भारतको सिम्ला गएकी डिएसपी जोशीले जनाएको छ । उनी हाल सौतेनी आमाको साथमा बस्दै आएकी थिईन ।

अहिले प्रहरीको टोली घटना स्थल तर्फ गईरको र घटनाको बारेमा थप विवरणमा आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यलय कैलालीले बताएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.