चितुवाको छालासहित तेघरीबाट चारजना पक्राउ

padma

अत्तरिया – कैलालीको अत्तरियाबाट चितुवाको छालासहित चारजना पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको क्षेत्रीय अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–२, तेघरीबाट चितुवाको छालासहित मान्छेलाई पक्राउ गरेको हो ।

Shikhar Dental

बुडरबाट धनगढीतिर आइरहेको सु.प.प्र.०४–००१च००६ नम्बरको बोलेरो जिप रोक्न रोज्दा नरोकेपछि शंका लागेर पिछा गर्दा जिपबाट चितुवाको छाला बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक बेदप्रकाश जोशीले बताए । जिप चालक डोटीको जोरायल गाउँपालिका–२, का समिर ओली र त्यसमा सवार कैलालीको चुरे गाउँपालिका–१, का टेकबहादुर रावत र धिरेन्द्र रावत तथा बैतडीको डिलासैनी गाउँपालिका–२, का राजेन्द्रसिंह भण्डारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कैलालीको फल्टुडेबाट चितुवाको छाला र हड्डि जिपमा राखिएको र बिक्री गर्ने उद्देश्यले अत्तरियातिर ल्याउन लागेको बुझिएको प्रहरी नायब उपरिक्षक जोशीले बताए । चितुवाको छाला चार फिट सात इन्चको रहेको प्रहरीले जनाएको छ । चितुवाको दुई केजी हड्डीसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरुलाई चितुवाको छालासहित जिल्ला वन कार्यालय बुझाइदैछ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.