Attariya Hospital Pvt.Ltd.

हरिनगर खानेपानी आयोजनाको काम अलपत्र,३४ लाख बजेट फ्रिज

padma
milan sunchadi

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ८ स्थीत स्याउलेमा रहेको हरिनगर खानेपानी आयोजनाको काम अलपत्र परेको छ । आयोजना सम्पन्न गर्नकालागी गठीत उपभोत्ता समिति नै सक्रिय नभएपछी आयोजनाको काम आठ महिनादेखी अलपत्र परेको हो । हरिनगर खानेपानी आयोजनाबाट विशेषगरी स्याउले,मजगाँउ र जोनापुरका स्थानीय लाभान्वीत हुनेछन् । तर आयोजनाको कामकालागी उभोत्ता समिति नै सक्रिय नभएको स्थानीयले बताएका छन् । स्याउलेका शेर बहादुर अधिकारीको अध्यक्षतामा हरिनगर खानेपानी तथा सरसफाई उपभोत्ता समिति गत भदौमा गठन गरिएको थियो ।

समितिले गत आर्थीक वर्ष २०७८÷७९ मा १८ किलोमिटर भन्दा बढी पाईप बिछ्याइ सक्नु पर्नेमा जम्मा तीन किलोमिटरसम्म समेत पाईप बिछ्याउन सकेको छैन । १९ किलोमिटर भन्दा बढी दुरीमा पाईप बिछ्याउन बाँकी रहेको छ । जबकी खानेपानी तथा सरसफाई डिभीजन कार्यालयले १२ किलोमिटरसम्म बिछ्याउन पुग्ने पाईप किनेर दिईसकेको थियो । समितिले भने पाईप बिछ्याउने फिल्डमा कहिले गौ छरीएको,कहिलेबिउ राखीएको त कहिले चुनाव लागेको भन्दै काम गर्न नसकिएको जनाएको छ । समितिका अध्यक्ष शेर बहादुर अधिकारीले गत मंसिरमा गौँ काटीसकेपछी पाईप बिछ्याउने काम सुरु गरीएको भएपनी बिचमा विविध समस्या आएपछी काम गर्न नसकिएको बताए ।

पाईप बिछ्याउने क्रममा कसैको घरगोठ पर्ने,कसैको रोपीएको बाली बिरुवा पर्ने लगायतका समस्या आँउदा अगाडी बढ्न समस्या भएको अधिकारीले बताए । पुरनो समितिले पनी आफुलाई खाली एउटा रजिष्टर मात्रै हस्तान्तरण गरेको बाँकी कुनैपनी हिसाबकिताब नदिएको पनी अधिकारीको भनाई छ । प्रत्यक महिनाको तीन गतेको लागी मासीक वैठक तोकीएपनी वैठकमा पटकपटक बोलाँउदा समेत कोहि उपस्थीत नहुने अधिकारीले बताए । पुरानो समितिले पाँच वर्षको राजस्व समेत तिरेको छैन । समितिका सँस्थापक अध्यक्ष जागुराम चौधरी हुन् । उनी दुई वर्षदेखी काठमांडौँमा बस्दै आएको बताईएको छ । पाईप लगायतको कामकालागी आर्थीक वर्ष २०७८÷७९ मा खानेपानी तथा सरसफाई डिभीजन कार्यालय कैलालीले ५४ लाखको बजेट छुट्याएको थियो ।

Siddi ganesh
हरिनगर खानेपानी आयोजनाको कार्यालय परिसरमा थन्कीएको पाईप । तस्वीर ः शारदा ÷ सुदूर टाईम्स

 

करिब सात लाख बराबरको ट्युबेल गाडीएको र करिब तेह्र लाख बराबरको पाईप किनीएको बताईएको छ । बाँकी ३४ लाख रकम भने फ्रिज गएको छ । किनीएको मोटो पाईप कार्यालय परिसरमा थन्कीएको छ । स्थानीय तिर्थराज उपाध्यायले समितिले वेवास्ता गर्दा ठुलो मात्राको बजेट फ्रिज जानु दुखद भएको बताए । करिब डेढ लाख रुपैया समितिले उपभोत्ताबाट उठाएको थियो । समितिले एक वर्षको अवधीमा सक्रियताका साथ काम नगरेकै कारण ठुलो रकम फ्रिज गएको हो । खानेपानी तथा सरसफाई डिभीजन कार्यालयका ईन्जीनियर हंस बहादुर थापाले आफुले समिति बनेदेखी नै काम अगाडी बढाउन आग्रह गर्दै आएको भएपनी वेवास्ता गरेको बताएका छन् । समितिलाई सुरुवाती समयदेखी नै काम आगाडी बढाउनुस् ,हामीले के के गर्नुपर्छ सबै सहयोग गछौँ भन्दापनी समितले नसकेको उनले बताए ।

“चाहिने जती पैसाको व्यवस्था गछौँ,यदी जनशत्ति तपाँइहरुले पाउनु भएको छैन भने ठेक्काको हिसाबमा अर्कोठाँउबाट जनशत्तिको व्यवस्था गरिदिन्छौँ भन्दा समेत उँहाहरुले चासो देखाउनु भएन ईन्जीनियर थापाले भने,उहाँहरुलाई आग्रह र ताकेता दुवै गर्दापनी काम अगाडी बढेन ।” मैले उत्त आयोजनालाई प्रशस्त समय दिन खोजेकै हो,समितिलाई के मा समस्या भयो थाहा भएन् थापाले सुदूर टाईम्स संंग भने । आफ्नो जिम्मेवारीमा परेको खानेपनी आयोजना सम्पन्न गरी धाराबाट एक गिलास पानी खाएर आउने धोको हाम्रो हुन्छ उनले भने “मेरो जिम्मेवारीम परेको योजना अलपत्र जस्तै बन्दा साह्रै दुख लागेको छ ।”

समितिले सक्रिय भएर काम गरे आफु कार्यालयको तर्फबाट हुने जुनसुकै सहयोग गर्न तयार रहेको ईन्जीनियर थापा बताँउछन् । यता गोदावरी नगरपालीका वडा नम्बर ८ का अध्यक्ष गोविन्द चौधरीले आफुले अध्यक्ष अधिकारीसंग भेटी केहि दिन अगाडी भेट गरेको र छिटै वैठक बसेर टुंगोमा पुग्ने सल्लाह भएको बताएका छन् । खानेपानीको उचित व्यवस्था नहुँदा स्थानीय नल्काको दुषीत पानी पिउन बाध्य छन् ।

Nawadurga
Leave A Reply

Your email address will not be published.