

अत्तरिया – कैलालीको अत्तरियामा सडक दुर्घटनामा मरेका गाईको आत्मशान्तीका लागी पुजाको आयोजना गरीएको छ ।
अत्तरिया एकता दिदि बहिनी समुहले गाईको आत्मा शान्तीकोलागी शनीबार पुजाको आयोजना गरेको हो । समुहकी अध्यक्ष धना चोखालले गाईको आत्माको शान्तीकोलागी पुजाको आयोजना गरीएको बताईन् ।
उनले हिन्दु धर्म सँस्कृती अनुसार मर्दा पर्दा गाईको गोबर,दुध,घिउ आदी काम लाग्ने तर पछील्लो समय दुध खाएर गाई छोडिनु राम्रो नभएको बताईन् ।

दुध दिन्जेलसम्म खाने तर दुध दिन छोडेपछी सडकमा छोड्ने जो कसैलाई पनी कार्वाहि गर्नुपर्ने उनले बताएकी छिन् ।
पछील्लो समय गाई सहितका पशुचौपाया सडकमै हुँदा सवारी दुर्घटना समेत बढ्दै गएका छन् जस्का कारण अधिकासं मानीस र चौपायाले ज्यान गुमाउनु परेको छ ।
गत शनीबार राती मात्रै तेघरीबाट धनगढीतर्फ जाँदै गरेको ना ४ ख २६४० नम्बरको खाली ट्याङ्कर दुर्घटना हुँदा एकजना गम्भीर घाईते भएका थिए भने २ गाई सहित ५ पशुचौपाया मरेका थिए ।
