

टीकापुर – टीकापुरमा जमरा कुलोमा डुवेर एक बालकको मृत्यू भएको छ ।
वडा नम्बर १ स्थित जमरा कुलोमा डुबेर एकतानगर शिविरका लाल सिंह परियारका १२ वर्षीया छोरा दिनेश परियारको मृत्यू भएको हो ।
शनिबार (आज) मध्यान्ह १२ बजेतिर कुलोमा साथीसंग नुहाउन गएका दिनेश कुलोमा डुवेर वेहोस भएका थिए ।

वेहोस भएका दिनेशलाई टीकापुर अस्पतालमा ल्याईएको र उपचारका क्रममा उनको मृत्यू भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरिक्षक हेम शाहीले जानकारी दिए ।
बालकको शव टीकापुर अस्पतालमा राखीएको प्रहरीले जनाएको छ ।
