जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु, आठ जना बिरामी

padma

सल्यान – सल्यानमा जंगली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ।

शारदा नगरपालिका-४ साइलाकम्दकी ४ वर्षीया जोशना बस्नेतको उपचारको क्रममा मृत्यु भएको हो।

Shikhar Dental

शुक्रबार बेलुका जंगलबाट च्याउ घरमा ल्याइ पकाएर खाएका मध्ये ४० वर्षीया मिना बस्नेत, उनकी छोरी २५ वर्षीया पबित्रा बस्नेत, सोही ठाउँका केशर बस्नेत र उनका ९ वर्षीय छोरा जोन बस्नेत बिरामी छन्।

सल्यान बनगाड कुपिण्डे नगरपालिका-९ जैतपानीका ४८ वर्षीया भुपबहादुर वली, उनकी ४५ वर्षीया श्रीमती मनकली वली, २३ वर्षीय छोरा प्रकाश वली, २१ वर्षीया बुहारी सुशिला वली पनि जंगलबाट ल्याएर च्याउ खाँदा बिरामी छन्।

बिरामी भएपछि शुक्रबार राति सवा ९ बजेतिर जिल्ला अस्पताल सल्यानमा पुर्‍याइएका उनीहरू थप उपचारका लागि तत्कालै (राति नै) प्रादेशिक अस्पताल सुर्खेत रिफर गरी उपचार भइरहेको डिएसपी खड्काले जानकारी दिए।

Nawadurga
Leave A Reply

Your email address will not be published.