कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

padma

अत्तरिया – कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–३ बल्चौरमा अन टेष्ट लेखिएको ट्याक्टर सडकबाट अन्दाजी १० मिटर तल नालीमा खसेर चालकको मृत्यु भएको हो।

Shikhar Dental

शुक्रबार राति दुर्घटना हुँदा ट्याक्टर चालक सोही ठाउँ बस्ने ३५ वर्षीय शक्ति चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।

उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको र दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

Nawadurga
Leave A Reply

Your email address will not be published.