Attariya Hospital Pvt.Ltd.

कञ्चनपुरबाट लागूऔषध सहित २ जना पक्राउ

padma
milan sunchadi

कञ्चनपुर – कञ्चनपुरबाट लागूऔषध सहित २ जना पक्राउ परेका छन् ।

कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० बस्ने २४ वर्षीय दीपेन्द्र सिंह बिष्ट र सोही ठाउँ बस्ने २५ वर्षीय विशाल थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

बेलौरी नगरपालिका वडा नम्बर ६ बैशाखा स्थित भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा म १ प ३९७८ नम्बरको मोटरसाइकलबाट उनीहरुलाई पक्राउ गरीएको हो ।

Siddi ganesh

शनिबार अपराह्न इलाका प्रहरी कार्यालय बेलौरीबाट प्रहरी वरिष्ठ हवल्दार दीपक चन्द ठकुरीको कमाण्डमा खटिएको प्रहरी टोलीले शङ्का लागी चेकजाँच गर्दा उनीहरूको साथबाट १८.४९ ग्राम लागू औषध (खैरो हेरोइन) फेला पारी बरामद गरेको बताइएको छ ।

उनीहरूले मोटरसाइकलको लेग गार्डको बायाँ पट्टी प्वाल भित्र सेतो प्लाष्टिकको थैलीमा लुकाई छिपाई गरी राखेको अवस्थामा तीन ओटा पोकामा लागू औषध (खैरो हेरोइन) ओसारपसार गरिरहेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

उनीहरू दुवै जनालाई नियन्त्रणमा लिई कानुन बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.