Attariya Hospital Pvt.Ltd.

सामाजिक सञ्जालमार्फत महिलालाई तनाव दिने पक्राउ

padma
milan sunchadi

काठमाडौं – नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत महिलालाई हैरानी दिने एकजनालाई पक्राउ गरेको छ।

प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा अश्लीलता प्रदर्शन गरी एक महिलालाई मानसिक तनाव तथा दुःख दिने कपिलवस्तु बुद्धभूमि नगरपालिका–३ टाँकु बस्ने २९ वर्षीय मोहन कुँवरलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक पशुपतिकुमार रायले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर इलाका प्रहरी कार्यालय गोरुसिंगे कपिलवस्तुको सहयोगमा कुँवरलाई पक्राउ गरेको जानकारी दिए।

Siddi ganesh

पक्राउ परेका कुँवरलाई काठमाडौं जिल्ला अदालतको आदेशअनुसार पाँच दिन म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता रायले बताए।

Nawadurga
Leave A Reply

Your email address will not be published.