Attariya Hospital Pvt.Ltd.

बस्ती जोगाउन मछेली नदीको धार परिवर्तन

padma
milan sunchadi

कञ्चनपुर – कृष्णपुर नगरपालिका–२, वाणीस्थित मछेली नदीले बस्ती जोगाउनका लागि निर्माण गरिएको तटबन्धमा क्षति पुर्‍याउन थालेपछि धार परिवर्तन गर्न थालिएको छ । नदीले तटबन्ध भत्काई बस्तीमा पस्ने खतरा बढेपछि धार परिवर्तन गर्न थालिएको हो ।

“जनताको तटबन्ध कार्यालयले केही वर्षअघि निर्माण गरेको तटबन्ध बाढीको पानीले भत्काउन थालेपछि जोगाउनका लागि नदीको धार परिवर्तनमा लागेका छौँ,” वडाध्यक्ष अर्जुनबहादुर साउदले भने, “नगरपालिकाले उपलब्ध गराएका दुईवटा स्काभेटरको सहायताले धार परिवर्तनका लागि कार्य अगाडि बढाइएको छ ।”

नदीको बाढी बस्तीमा छिरेमा निकै ठूलो धनजनको क्षति हुन सक्ने सम्भावनालाई मध्यजनगर गरी धार परिवर्तन गरी सम्भावित जोखिमलाई न्यूनीकरणमा जुटेको उनले बताए ।

Siddi ganesh

“वर्षा हुने क्रम जारी रहेकाले जुनसुकै बेला पनि नदीमा ठूलो बाढी आउन सक्छ । जोखिम निम्त्याउन सक्छ । बाढी आउनुअगावै बस्तीलाई सुरक्षित गर्नमा बिहानैदेखि जुटेको छु,” उनले भने । नदीको धार परिवर्तन गरेपछि यस क्षेत्रका ३०० बढी परिवार सुरक्षित हुने उनको भनाइ छ ।

महाभारत पर्वत भएर बग्ने मछेली नदी महाकालीपछिको यस क्षेत्रको ठूलो नदी हो ।यस नदीले बर्सेनि तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाको उब्जाउ जग्गा कटान गर्नुका साथै बाढी बस्तीमा पस्दा डुबान समेत हुने गरेको छ ।

यसैबीच, बेदकोट नगरपालिका–४ स्थित सार्कीपार्की गाउँका बासिन्दालाई चौधर नदीको जोखिमबाट जोगाउनका लागि सशस्त्र प्रहरीले अस्थायी तटबन्ध निर्माणको कार्य सुरु गरेको छ ।

रासस

Nawadurga
Leave A Reply

Your email address will not be published.