Attariya Hospital Pvt.Ltd.

अपमानजनक शब्द प्रयोग भएका नागरिकता सच्याउन गृह मन्त्रालयको निर्देशन

padma
milan sunchadi

काठमाडौं – नेपाली नागरिकताको प्रमाणपत्रमा अपमानजनक शब्द प्रयोग गरिएकोमा गृह मन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गृहले सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

‘विभिन्न जिल्लाबाट जारी भएका नेपाली नागरिकताका प्रमाणपत्र जारी गर्दा अपमानजनक शब्द राखी जारी भएको सम्बन्धमा प्रकाशित समाचार, सूचना तथा जानकारीहरुप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’ मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।

अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्ने र त्यसरी अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउन गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.