Attariya Hospital Pvt.Ltd.

भन्सारका कर्मचारी र तस्कर महिला विच झडप

padma
milan sunchadi

धनगढी – त्रिनगर भन्सार नाका बाट अबैध सामान ल्याउने महिला र कर्मचारी बिच झडप भएको छ । सोमबार राति आठ बजे भारत बाट सामान ल्याउदै गरेका दुई जना महिलालाई त्रिनगर भान्सार कार्यालयले नियन्त्रणमा लिएको थियो ।

भान्सार नजिक रीचा कुवर र मञ्जु कुवर लाई सामान ल्याउने क्रममा कर्मचारीले नियन्त्रणमा लिन खोज्दा झडप भएको हो ।

उनीहरुले दुई हजार घुस माग्दा दिन नमाने पछि दुईटै पक्ष बिच झडप भएको स्थानीयले आरोप लगाएका छन् । झडप हुदाँ दुइटै पक्षको कपडा समेत च्यातीएका छन् ।

Siddi ganesh

प्रहरीका अनुसार भान्सारका कर्मचारीले उनिहरुलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको हो । रातिको समयमा विवाद नमिले पछि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखेर अनुसन्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार महिलाले लेडिज सामान ल्याईरहेका थिए । उनिहरुलाई आवस्यक कारवाहिका लागि भान्सार कार्यालयमा बुझाइने प्रवक्त जोेशिले बताए ।

प्रहरी र भन्सारका कर्मचारी मिलेर अवैध सामान ओसार पसार गर्ने गरेको स्थानीयको दावि छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.