Attariya Hospital Pvt.Ltd.

कोरोना संक्रमण बढेपछि भोजपुरको टेम्के मैयुङका सबै विद्यालय बन्द

padma
milan sunchadi

भोजपुर – कोराना भाइरस संक्रमण बढेपछि भोजपुरको टेम्के मैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएको छ।

गाउँपालिकाले मंगलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो।

शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि विद्यालय बन्द गरिएको गाउँपालिकाले जनाएको छ।

Siddi ganesh
sudur last

स्वास्थ्य कार्यालय भोजपुरका अनुसार जिल्लामै यो गाउँपालिकामा सबैभन्दा बढी संक्रमण देखिएको छ।

यहाँ एकै दिन ५५ जनामा कोराना संक्रमण पुष्टि भएको छ। मंगलबारसम्म जिल्लामा ५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय जनाएको छ।

संक्रमणको अवस्था हेरेर बन्द विद्यालय सञ्चालन गरिने गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ।

रासस

Nawadurga
Leave A Reply

Your email address will not be published.