Attariya Hospital Pvt.Ltd.

बझाङमा छोराछोरी सहित २२ वर्षीया महिला मृत फेला

padma
milan sunchadi

बझाङ – बझाङमा छोराछोरी सहित २२ वर्षीया महिला मृत फेला परेकाी छिन् । बुङ्गल नगरपालिका ९ रारुका २२ वर्षीया गिता पार्की, उनका ५ वर्षकी छोरी भुमिका र ३ वर्षका छोरा मोहित झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।

उनीहरु घर नजिकै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। प्रहरीले घटनास्थललाई शिल गरी कानुनी प्रक्रिया अगाडि बढाइएको बझाङका निमित्त प्रहरी निरीक्षक रमेश अवस्थीले बताए। झुन्डिएको अवस्थामा भेटिएकी गीताका श्रीमान् पुष्कर पार्की गएराति मात्र भारतबाट घर फर्केका थिए।

बिहानैदेखि हराएकी गीतासहित दुई बालकको शव आज दिउँसो झुण्डिएको अवस्थामा फेला पारेका हो। घटनास्थललाई शिल गरी कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.