

धनगढी – करोडौँ सुन चोरी आरोपमा त्रिभुवन बिमानस्थलबाटै पक्राउ परेका कैलालीका सुन चाँदी ब्यवसायी शन्तोस लामिछाने १० हजार धरौटीमा छुटेका छन् । कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको आदेशमा सुन चोरीको आरोपमा पक्राउ परेका लामिछाने सहितका ६ जना धरौटी बुझाएर छुटेको प्रशासनले जनाएको छ ।
कैलाली प्रहरीले लामिछानेसहितका ६ जनाविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाएको थियो । लामिछाने नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिमका अध्यक्ष पनि हुन् । तर जिल्ला प्रहरी कार्यालयले भने विस्तृत विवरण प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गर्ने जनाएको छ ।
