आलिताल तालबाट माछा चोरी हुन थाले

Image
maya metro

डडेल्धुरा – आलिताल गाउँपालिका–३ मा रहेको आलिताल तालबाट माछा चोरी हुन थालेका छन्। संरक्षित क्षेत्र आलिताल परिसरबाट रातिको समयमा माछा चोरी निकासी भइरहेको वडा- ३ को कार्यालयले जनाएको छ। ताल परिसरबाट माछा र माछाका भुरासमेत चोरी हुन थालेपछि वडा कार्यालयले भुरा चोर्नेलाई जरिवाना गर्ने भएको छ।

एक सूचना जारी गर्दै कार्यालयले पहिलोपटक माछा मारेर चोरी गरिरहेको भेटिए ५ हजार र दोस्रो पटक पनि भेटिए १० हजार जरिवाना गर्ने जनाएको हो। यदि तेस्रो पटक पनि माछा चोरी गरेको भेटिए कानूनअनुसार कारबाहीका साथै वडा कार्यालयबाट प्रदान हुने सबै किसिमको सेवा सुविधा बन्द गर्ने निर्णय भएको वडाध्यक्ष बलबहादुर बुढा मगरले जानकारी दिए।

nisarga

तालमा माछा मारिरहेको प्रमाणसहित कारबाहीका लागि सहयोग गर्ने व्यक्तिलाई वडा कार्यालयले नगद पुरस्कार पनि दिने वडाध्यक्ष बुढाले बताए। आलिताल सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा रहेको सबैभन्दा ठूलो ताल हो। समुद्री सतहबाट करिब ८ सय मिटर उचाइमा रहेको छ ।