सम्बन्धीत निकाय पर्खीरहेको गोदावरीको दशरथ चन्द प्रा वि

Image
गोदावरी ४ मा रहेको दशरथ चन्द प्रा वि
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ४ मा रहेको दशरथचन्द प्रा वि सम्बन्धीत निकायको ध्यान नजाँदा विभीन्न अभाव झेल्दै आएको छ । सुदूरपश्चिमको प्रस्तावित प्रदेश राजधानीमै अवस्थीत उत्त विद्यालयका विविध समस्याबाट सम्बन्धीत निकायभने बेखबर जस्तै छन् ।

गोदावरी तिर्थधाम जाने बाटोको विपरीतमा रहेको उत्त विद्यालयमा न प्रसस्त भौतिक पुर्वाधार नै छन् न कुनै शैक्षीक सामग्री । विद्यालयका टिनले छाएका भवन सानो पानी पर्ने बित्तिकै चुहिने गर्दछन् । विक्रम सम्वत २०२८ सालमा स्थापीत उत्त विद्यालयमा हाल ६७ जना बालबालीका अध्ययन गर्दै आएका छन् । दशरथचन्द प्रा वि मा अध्ययनरत प्राय सबै बालबालीका गोदावरी क्षेत्रका दुगर्म गाँउहरुबाट आउने गर्दछन् । दमदरे,भ्यागुतेपानी,बाँसेपानी,टखरे लगायतका गाँउहरुबाट एक घण्टा पैदल हिँडेर बालबालीका पुग्ने गर्दछन् ।

nisarga

कार्यालय प्रयोजनकालागी समेत एउटा भवन पक्की नभएको विद्यालयका प्रधानाध्यापक हिक्मत सिहं चौधरीले दुखेसो पोखे । पटकपटकको आग्रहपछी नगरपालीकाले एउटा कम्प्युटर दिएको थियो पधानाध्यापक चौधरीले भने “त्यहि कम्प्युटर राख्नकालागी ठाँउ छैन,भवन चुहिने हुँदा कहिले यता कहिले उता सार्नुपर्छ ।” पानी पर्दा कार्यालय भवनभित्र समेत भाँडामा पानी थाप्नुपर्ने अवस्था भएको चौधरीले बताए । नगरपालीकालाई बालबिकास कक्षाको व्यवस्था गरिदिन पटकपटक आग्रह गर्दापनी सुनुवाई नै नभएको उनले बताए । प्रदेशका सातओटा जिल्ला जोड्ने सडकको छेवैमा,प्रदेश राजधानी नै तोकिएको ठाँउमा भएको विद्यालयमा समेत सम्बन्धीत निकायको ध्यान जान नसकेको उनले बताए ।

विद्यालयमा विद्यार्थी कम भए सबैले भन्छन् तर किन कम भए त्यो कारण खोज्दैनन् चौधरीले भने, “त्यत्रो टाढाबाट आएर गर्मीमा पंखा नै नभएको अनी पानी पर्दा चुहिने भवनमा कुन अभिभावकले आफ्नो बच्चा पढाँउछ? बरु केहि पैँसा खर्च गरेरै भएपनी निजी विद्यालयमा पठाँउछ नी ।” ४३ डिग्री तापक्रम भएको समयमा समेत विना पंखा बालबालीकाले कक्षामा बस्नु परेको थियो चौधरीले भने “एउटा निजी निकायलाई आग्रह गरेपछी यसपाली ४ कक्षासम्म पंखा जडान भएका छन्,फेरी पाँच कक्षामा छैन । ” चौधरी ३२ वर्ष देखी सो विद्यालयमा अध्यापन गराँउदै आएका छन् । भौगोलिक विकटता,नजीकको बस्तीका आधारमा विद्यालयमा बालबालीका कम नभएको उनको भनाई छ । विद्यालयमा भौतिक पुर्वाधार थपी तह बढाउन सकेमा विद्यार्थीको संख्यापनी बढ्ने चौधरीले बताए ।

विद्यालयमा खानेपानीको पनी चरम समस्या रहेको छ । दिँउसो सरकारको दिवाखाजा कार्यक्रम अन्र्तगत खाजा खाने बेला समेत विद्यालयमा पानी नभएका कारण बालबालीकाहरुले हातै नधोएर खाजा खाने गरेको विद्यालयकी शिक्षीका जानकी खड्काले बताईन् । कक्षामा बालबालीकालाई पढाउन सहयोग पुग्ने खालका कुनैपनी शैक्षीक सामग्राी हालसम्म कसैले उपलब्ध नगराएको उनले गुनासो गरीन् । दश वर्षदेखी त्यहि विद्यालयमा अध्यापन गराँउदै आएकी खड्का न्युन आयस्तर भएका बालबालीकामात्रै त्यहाँ पढ्न आउने गरेको बताँउछीन् ।

धेरैजसो ज्याला मजदुरीको कामका लागी एक ठाँउबाट अर्को ठाँउ गईरहने आमाबुवाका छोराछोरीहरु हाम्रो विद्यालयमा आँउछन् ति मध्य कतिपय त काममा अर्कै ठाँउ जानुपर्यो भन्दै शैक्षीक सत्रको बिचैमा बच्चा लिएर जान्छन् त कोहि बिचमा भर्ना गर्न लिएर आँउछन् ।उहाँहरुको त्यो मजदुरीलाई बुझ्नुपर्ने हाम्रो बाध्यता हुन्छ ।”शिक्षीका खड्काले भनीन् । चुनावको समयमा भोटिङ्कको दिन प्राय यो क्षेत्रका सबै राजनितिक दलका व्यत्तिहरुपनी आँउछन्,विद्यालयको अवस्था देखेर जान्छन् तर कसैले दोस्रो पटक हेर्दैनन् उनले भनीन् । बाटोमै भएको आँउदा जाँदा सबैले आँखा पर्ने विद्यालयलाई बढी प्राथमिकतामा राख्नुपर्ने भएपनी त्यसो हुन नसकेको उनले बताईन् । व्यत्तिको जग नै प्राथमीक तहको पढाइ भएपनी सम्बन्धीत निकायले त्यो कुरा नबुझ्दा आफुहरु वषौँदेखी अभिभावक विहिनजस्तै भएको उनले गुनासो गरीन् ।

विद्यालयको समस्याबारे वडा,नगरपालीका लगायतका ठाँउमा पटकपटक आग्रह गर्दापनी कसैले चासो नै नदेखाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज भाटले बताए । कुनैपनी कामकालागी माथील्लो लेवलसम्मै पहुँच नै हुनुपर्ने अवस्था पछील्लो पटक सिर्जना भएको भाटको बुझाई छ । तिस,पैँतिस जनामात्रै बालबालीका भएको विद्यालयमा २ जना बालविकास शिक्षक दिएको गोदावरी नगरपालीकाले दशरथचन्द प्रा वि मा एकजना बालविकास शिक्षक दिन समेत आनाकानी गरेको भाटले बताए । हाल दशरथचन्द प्रा वि मा दुईजना स्थाइ,एकजना राहत र एकजना निजी स्रोतबाट गरी चारजना शिक्षक छन् ।

“हामीले एकैचोटी १ कक्षामा पढाउने गरी बच्चा भर्ना गछौँ, अचेलका अविभावकले तिन वर्ष नहुँदै विद्यालय पठाउनुहुन्छ । अनी बालविकास पढ्न अत्तरिया पठाईसकेको बच्चा १ कक्षामा पढ्न अभिभावकले फिर्ता लयाउने कुरा हुँदैन् । हामीसंग बालविकास नभएकै कारण पनी धेरैजसो बच्चा बाहिर गईरहेका छन्” अध्यक्ष भाटले भने । सरकारले शिक्षकलाई तलब दिने बाहेक कुनैपनी कुरामा वास्ता गर्ने नगरेको उनले बताए । गोदावरी नगरपालीका वडा नम्बर ४ का अध्यक्ष हेमप्रकाश मल्लले वडाबाट सक्ने सहयोगकालागी आफु तयार रहेको बताए । अहिले कार्यकालको सुरुवातमै भएको हुँदा धेरैतिर हेर्न नपाएको उनले बताए ।

शिक्षाक्षेत्रलाई प्राथमिकतामा राखेरै आफु अघि बढ्ने उनले बताए । उत्त विद्यालयको समस्या समाधानकालागी नगरपालीका लगायतका ठाँउमा आफलेु पहल गर्ने मल्लले बताए । दशरथचन्द लगायत थुप्रै सामुदायिक विद्यालयको आवश्यकता परीपुर्ती गर्न नसकिएको गोदावरी नगरपालीका शिक्षा शाखाका प्राविधीक सहायक विष्णु अवस्थीले बताए । नगरपालीकाका शिक्षा शाखा प्रमुख पर्यागराज जोशीले विद्यालयको समस्या अहिलेसम्म जानकारीमा नआएकोले अब समस्या पहिचान गरेर अगाडी बढ्ने बताएका छन् । सामुदायिक विद्यालयको अवस्था क्रमीक रुपमा सुधार गरी शैक्षीक गुणस्तर वृद्धी गर्न प्रयासमा शिक्षा शाखा रहेको उनले बताए ।